आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्से सूचक २३ अंकले घट्दा करोबार १ अर्बमा खुम्चियो

सोमबार, ०८ फागुन २०७९, १५ : ४३
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक २३ अंकमाथिले घट्न पुगेको छ । यसदिन नेप्से सूचक २३.६० अंकले घट्दै २ हजार ४६.८१ अंकको विन्दुमा ओर्लिएको हो । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन बिहीबार पनि २१.१५ अंकले घट्दै नेप्से सूचक २०७०.४१ अंकमा अडिएको थियो ।

हिजो आइतबार भने प्रजातन्त्र दिवसका कारण सार्वजनिक विदा हुँदा सेयर बजार बन्द रह्यो । उसो त सोमबार २३ अंकमाथिले नेप्से घट्दै गर्दा यता कारोबार रकम समेत १ अर्ब ९४ करोड १६ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बराबरको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ । 

सबैभन्दा बढी हिमालयन डिस्टिलरीको आज २० करोड ८२ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको ११ करोड ४८ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।  आज म्युचुअल फन्ड र ट्रेडिङ बाहेक अन्य ११ वटा उपसूचक ऋणात्मक भएका छन् । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका सेयरधनीहरुले आज अधिकतम १० प्रतिशतले कमाएका छन् भने जीवन विकास लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ९.१५ प्रतिशतले गुमाउन पुगेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप