आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रमजीवी पत्रकार सङ्घले बुझायो सञ्चार मन्त्रीलाई नौ बुँदे अधिकारपत्र

मङ्गलबार, ०९ फागुन २०७९, ०८ : ३८
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । श्रमजीवी-पत्रकार सङ्घ, नेपालले  सञ्चार मन्त्री  रेखा शर्मालाई नौ बुँदे अधिकारपत्र बुझाएको छ । आमसञ्चार नीति, पेसा र पेसाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका माग राख्दै सङ्घका अध्यक्ष जन्मदेव जैसी लगायतको समूहले मन्त्री शर्मालाई नौ बुँदे अधिकारपत्रबुझाएकोहो ।

अधिकारपत्रमा श्रमजीवीहरूको पारिश्रमिक प्रत्येक २र२ वर्षमा वृद्धि गर्ने परम्परा भए पनि गत २०७५ कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएयता ३ वर्ष बितिसक्दा पनि  पारिश्रमिक वृद्धि नगरिएको  उल्लेख गरिएको छ । 

साथै ऐन संशोधन, ऐन कार्यान्वयनका लागि संयन्त्र निर्माण, आमसञ्चार नीति, पेसा र पेसाकर्मीलाई आत्मनिर्भर बनाउनुपर्नेलगायतका विषय सम्बोधनका लागि मन्त्री शर्मालाई पत्र बुझाएको अध्यक्ष जैसीले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप