सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
तिब्बती शरणार्थीले मनाए ग्याल्पो ल्होसार (तस्बिरहरु)

तिब्बती शरणार्थीले मनाए ग्याल्पो ल्होसार (तस्बिरहरु)

मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । नेपालमा रहेका तिब्बती शरणार्थीले ग्याल्पो ल्होसार मनाएका छन् । जावलाखेलमा रहेको शरणार्थी क्याम्पमा परम्परागत पहिरनमा सजिएर नाचगानका साथ ल्होसार अर्थात नयां वर्ष मनाएका हुन् ।

आज नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाइरहेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।  

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया