के प्रेममा छिन् कविता ?
काठमाडौँ । कविता मानन्धर अभिनेत्री करिश्मा मानन्धरकी छोरी हुन् । करिश्माको छोरी भएको कारणले बेलाबेलामा मिडियामा छाउने उनी फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट अभिनयमा पनि डेब्यु गरेकी थिइन् । तर फिल्मको व्यवसाय भने राम्रो हुन सकेन ।
‘एउटा यस्तो प्रेम कहानी’ पछि पनि केही फिल्मको अफर उनलाई मिलेको थियो । तर उनी अभिनयमा भने देखिएकी छैनन् । अभिनय भन्दा कविताको रुचि व्यवसाय तर्फ छ । उनी आफ्नै कम्पनीको होम अप्लायन्सेसको व्यापारमा व्यस्त छिन् ।
अभिनयमा सक्रिय नभए पनि बेलाबेलामा चर्चाको केन्द्र बन्दै आएकी कविता यतिबेला फेरि चर्चामा छिन् । उनको चर्चाको कारण अभिनय, व्यवसाय भन्दा पनि व्यवसायी तथा मोडल प्रसन्न राईसँग उनको प्रेम बनेको छ । जसको खुलासा प्रसन्नले इन्स्टाग्राम मार्फत गरेका छन् । प्रसन्न केही सातायता कवितासँगका रोमान्टिक सेल्फी र स्टोरी पोस्ट गरिरहेका छन् ।