पोखरामा विस्फोटक पदार्थ खेलाउँदा दुई बालक घाइते
मङ्गलबार, ०९ फागुन २०७९, १९ : ४९
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ ठूलढुंगाका दुई जना बालक घाइते भएका छन् । वनमा भेटाइएको विस्फोटक पदार्थ खेलाउँदा पड्किएर घाइते भएको जिल्ला प्रहरी कार्यालय कस्कीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० ज्ञान खड्काले बताए ।
उनका अनुसार १३ वर्षीय सविन तामाङ र १५ वर्षीय माइकल चौधरी घाइते भएका हुन् ।
वनमा भेटाएको विस्फोटक पदार्थलाई घरमा लगेर किला ठोक्दा पड्किएको इन्स्पेक्टर खड्काले बताए । दुवै बालकको हात र खुट्टामा चोट लागेको छ । घाइते उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।