ग्रासिया लिड्सको मुख्य प्रशिक्षक नियुक्त
बुधबार, १० फागुन २०७९, १० : ३७
जाभी ग्रासियालाई प्रिमियर लिग क्लब लिड्स युनाइटेडले मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
लिड्सले एक विज्ञप्ति निकाल्दै ग्रासियालाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
प्रशिक्षक जेसी मार्शलाई बर्खास्त गर्दै ग्रासियालाई लिड्सले प्रशिक्षकको जिम्मेवारीमा राखेको हो ।
लिड्स युनाइटेड पछिल्लो समय प्रिमियर लिग फुटबलको रेलिगेसनमा छ ।
५२ वर्षीय स्पेनिस प्रशिक्षक ग्रासिया स्पेनिस ला लिगा क्लब भिल्लारियल, प्रिमियर लिग क्लब वाटफोर्डमा पनि प्रशिक्षक रहेका थिए ।