आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

बुधबार, १० फागुन २०७९, १० : ५७
बुधबार, १० फागुन २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवासमा आज दुई जनाको बीचमा छलफल सुरु भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए ।

दलहरुको बीच राष्ट्रपतिको विषयमा आन्तरिक छलफल भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अ‍ोलीबीच आज भइरहेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । अध्यक्ष अ‍ोलीले पूर्व सहमति अनुसार एमालेले अध्यक्ष पाउनुपर्ने भन्दै आएका छन् भने प्रधानमन्त्री प्रचण्ड सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् । 

यसअघि पनि उनीहरुको बीचमा पटक पटक छलफल भएको थियो । तर दुवैजना आआफ्नै अडानमा रहेका कारण सहमति हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप