आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पखाला लाग्दा यी लक्षण देखिएमा तुरुन्त जानुपर्छ अस्पताल

बुधबार, १० फागुन २०७९, १४ : ०३
बुधबार, १० फागुन २०७९

काठमाडौँ । व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा पखालाले सताउने गर्छ । व्यक्तिगत सरसफाइमा ध्यान  नदिँदा,  स्वच्छ पानी तथा खाना नखाँदा स्वास्थ्यमा विभिन्न किसिमका स्वास्थ्य  समस्या देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पखाला लाग्दा यस्ता लक्षणहरू देखिन्छ । जस्तै, पेट दुख्नु, बान्ता हुनु, असाध्यै तिर्खा लाग्नु, पातलो दिसा आउनु लगायतका लक्षणहरू देखिन्छ ।

पखाला लाग्नबाट बच्ने उपाय 

–चर्पीमा मात्र दिसा पिसाब गर्ने

–दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुने

–खाना बनाउनु, खुवाउनु र खानु अघि साबुन पानीले मिचिमिची हात धुने

–पानी उमालेर,फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने

–बासी, सडेगलेको झिँगा भन्केको खानेकुरा नखाने

–खानेपानीको मुहान सफा र सुरक्षित राख्ने 

निम्न लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानुपर्छ

–खान पिउन नसक्ने गरी बिरामी भएमा

–दिसामा रगत देखा परेमा

–बारम्बार बान्ता भइरहेमा

–ज्यादै तिर्खाएमा

–ज्वरो आएमा

–धेरै पटक पातलो दिसा गरेमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप