बाजुरामा भूकम्पको धक्का
बुधबार, १० फागुन २०७९, १४ : ३६
बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुदुरपश्चिम प्रदेशको बाजुरामा बुधबार दिउँसो भूकम्प मापन गरिएको हो ।
केन्द्रले पौने २ बजे ५.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको जानकारी दिएको छ ।
क्षतिको खबर आएको छैन ।