राष्ट्रपति निर्वाचनका लागि यस्तो छ ८ सय ८१ जना मतदाताको सूची
बुधबार, १० फागुन २०७९, १५ : २४
काठमाडौँ । यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता सूची सार्वजनिक गरेको छ । बुधबार राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सूची प्रकाशन गरेको हो ।
संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सूचीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ । सो मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि बिहिबार मध्यान्न १२ बजेसम्मको समय तोकिएको छ ।
संघीय संसद सदस्य
प्रदेश सभा सदस्य