राष्ट्रपतिबारे छलफल गर्न धुम्बाराही पुगे माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका छन् । राष्ट्रपति निर्वाचनबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न नेपाल धुम्बाराही पुगेका हुन् ।
नेपाल धुम्बाराही पुग्नुअघि नै एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, नेता घनश्याम भुसाल धुम्बाराही कांग्रेस नेतासँगको छलफलमा थिए । चिनियाँ राजदूत चेन सङसँगकाृ भेटवार्तापछि नेपाल पनि छलफलमा मिसिएका छन् । एकीकृत समाजवादीका नेताहरुभन्दा पहिला जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि कांग्रेस नेताहरुसँग भेटवार्ता गरेका थिए ।
कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा छलफलमा सहभागी छन् । आजै अध्यक्ष नेपाललाई भेट्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेका थिए ।