आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गायक रमेशले गरे मोडल शिलासँग विवाह

बिहीबार, ११ फागुन २०७९, १२ : ४१
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । गायक, सर्जक तथा संगीत व्यवसायी रमेश पाठकले प्रेमिका मोडल शिला गजुरेलसँग विवाह गरेका छन् । बुधबार एक समारोहकाबीच सिमित आफन्तको उपस्थितिमा दुवैले लगनगाँठो कसेका हुन् ।

धादिङ गजुरीका पाठक र नुवाकोट पिपलटारकी गजुरेलले केही समयको प्रेम विवाहमा परिणत गरेका हुन् । थुप्रै गीत समेत सार्वजनिक गरेका पाठक जिनियस् म्युजिक कम्पनीका सञ्चालक हुन् । शिलाले पनि म्युजिक भिडियो अभिनयमा सक्रिय छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप