कृषि प्राविधिक सिटौलाको सवारी दुर्घटनामा परी मृत्यु
विराटनगर । सवारी दुर्घटनामा परी कृषि प्राविधिक विशाल सिटौलाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक ३० वर्षीय सिटौला दमक नगरपालिका–४ कृष्णमन्दिर निवासी हुन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिका १० पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डाँसखोला नजिक आज करिब साढे पाँच बजे सवारी दुर्घटना भएको थियो ।
उनको उपचारको क्रममा उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
अफिसको काम सकेर मे ७ प ७५४२ नम्बरको मोटरसाइकलमा सवार सिटौलालाई सोही दिशातर्फ जाँदै गरेको मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका सिटौलाको उपचारको क्रममा मृत्यु भएको हो । पिकअपका चालक फरार रहेका छन् । उनको खोजी कार्य प्रहरीले तीव्र बनाएको जनाएको छ ।