आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोराला-त्रिवेणी सडक द्रुत गतिमा अगाडि बढाइने

बिहीबार, ११ फागुन २०७९, २१ : २५
बिहीबार, ११ फागुन २०७९

पोखरा । प्रदेश गौरवको आयोजना ‘कोराला त्रिवेणी सडक’ निर्माणको काम द्रुत गतिमा अघि बढाइने भएको छ । 

गण्डकी प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त सडक निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला मन्त्री तथा रोशन गाहा मगरले बताए । 

प्रदेशको राजधानी पोखरा र नवलपुरसम्मको सडक खण्ड सरल, सहज र छोटो दुरी बनाउने निर्णय भएको उनले बताए । यस्तै चीनसँग नाकासँग सीधै जोड्न सकिने भएकाले यसलाई तत्काल अगाडि बढाउने निर्णय भएको प्रवक्ता मन्त्री मगरले बताए ।

 ‘पोखरादेखि त्रिवेणीसम्मको करिडोरलाई प्राथमिकता  दिएर यसको डिपिआर र इआइए तत्काल अगाडि बढाउने र फास्ट ट्रयाकमा काम गर्ने निर्णय भएको छ,’ मन्त्री मगरले भने । 

गण्डकी प्रदेश सरकारले नेपाल—भारत सीमाको त्रिवेणी भन्सारबाट दुम्कीबास, खैरेनी, पोखरा, बेनी, जोमसोम हुँदै कोरला जोड्ने सडकलाई प्रदेशको ‘लाइफलाइन’ मानेको छ । तर, कोरला नाका वर्षैदेखि बन्द छ । 

कोरला नाका चीनले नियमित खुलाएको छैन । यसअघि कोभिड—१९ महामारी आउनुअघि वर्षमा दुईपटक यो नाका खुल्थ्यो । अहिले यो नाका खुलाउने पहल भएपनि बन्द छ । उक्त नाकालाई खुलाउने र चीन–भारत व्यापारबाट फाइदा लिन सक्ने रणनीति गण्डकी सरकारको हो । 

कोरला नाका खुला हुँदा नेपाल आउने पर्यटकको संख्या पनि बढ्नेछ । त्रिवेणी–कोरला सडक निर्माण समयमै सक्नुपर्ने पोखरेली पर्यटन व्यवसायी माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप