भोलि त्रिविका आंगिक क्याम्पसहरु बन्द हुने
बिहीबार, ११ फागुन २०७९, २१ : ३४
काठमाडौँ । भोलि शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तरगतका सबै आंगिक क्याम्पस र कार्यालयहरु बन्द रहने भएका छन् ।
त्रिविले एक सूचना जारी गर्दै त्रिवि सेवा आयोगका पूर्व प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोकमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
तर, पूर्वनिर्धारित परीक्षाहरु भने यथावत् सञ्चालन हुने सूचनामा उल्लेख छ ।