आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तहका उम्मेदवारको जरिवाना मिनाहाविरुद्धको मुद्दा खतिवडाको इजलासमा

शुक्रबार, १२ फागुन २०७९, ११ : २४
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । स्थानीय निकायका जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले तोकेको जरिवाना माफ गर्ने गरेको राष्ट्रपति कार्यालय विरुद्धको रिटको पेशी न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा परेको छ । अधिवक्ता सविन पोख्रेल र लोकेन्द्र ओलीले गत बुधबार तोकिएको मितिमा निर्वाचन खर्च विवरण नबुझाएका दल तथा उम्मेदवारको जरिवाना रकम माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिट निवेदनमा राष्ट्रपतिले संविधानको धारा २७६ प्रयोग गरी माफी दिएको प्रति आपत्ति जनाउँदै यो कुनै तजबिजी वा प्रशासनिक अधिकार नभएको र राष्ट्रपतिले कसैको सिफारिस, उक्साहट वा दबाब प्रभावमा गर्ने नभई स्वतन्त्र रूपमा वस्तुनिष्ठ आधार हेरी न्यायिक मनको प्रयोग गरी गरिने अधिकार रहेको दाबी गरिएको छ । सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्णय स्वीकृतिका लागि पत्र पठाएपछि भण्डारीले जरिवाना मिनाहा गर्ने निर्णयमा स्वीकृति दिएकी थिइन् । रिटमा  राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप