आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

बालुवाटार बैठक सकियो

शुक्रबार, १२ फागुन २०७९, १२ : ३५
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बसेको चुनावअघिको गठबन्धनमा सम्बद्ध चार दलको बैठक सकिएको छ । बिहान साढे ८ बजेबाट प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा सुरु भएको बैठक मध्यान्ह साढे १२ बजे सकिएको हो । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन् । 

यस्तै माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता घनश्याम भुसाल सहभागी छन् । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ छलफलमा सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप