आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

पुरानो गठबन्धन ब्युँताउने चार दलबीच सहमति

शुक्रबार, १२ फागुन २०७९, १३ : ०५
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो ।

बैठकमा सहभागी जसापका नेता राजेन्द्र श्रेष्ठले भने, ‘पुरानो गठबन्धन ब्युताउने सहमति ब्युँताउने सहमति भयो । राष्ट्रपति साँझ टुंग्याउछौं ।’ बुधबार साँझ कांग्रेस र माओवादी केन्द्र पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो । कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको थियो । जनमत र नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई नयाँ गठबन्धनमा  समाहित गराउने चार दलबीच सहमति भएको छ । 

चुनावको केही समय अघिसम्म कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित पाँच दलीय मोर्चा कायम थियो। कांग्रेस र माओवादीबीच एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ुपावर सेयरिङु मा कसरी मिलाएर जाने भन्नेबारे पनि छलफल भएको थियो। आगामी पाँच वर्षभित्र नेपाललाई प्रधानमन्त्री बनाउने गरी सहमतिको खाका तयार पारिने ती नेताको भनाइ छ ।

यो सँगै पुस १० मा भने सात दलीय गठबन्धनको भविष्य संकटमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन बनेको थियो । फागुन १० मा आएर सात दलीय गठबन्धन विसर्जन गर्ने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् । सत्ता गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बनेकाे छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी र जनता समाजवादीले एकीकृत समाजवादीबीच भएको छलफलमा माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको थियो ।नेपाललाई राष्ट्रपतिका रूपमा अघि सार्न र राष्ट्रिय सहमति खोज्न नेपाली कांग्रेस र नेकपा एमालेसँग समेत संवाद गर्ने निष्कर्ष निकालेका थिए ।

तर विहान बसेको बालुवाटार बैठकमा एकीकृत समाजवादीले मात्र एक दाबी प्रस्तुत गरेको थियो । यस्तै बैठकमा कांग्रेस र एकीकृत समाजवादीबाट राष्ट्रपतिमा दाबी प्रस्तुत भएको थियो । कांग्रेसले राष्ट्रपति पाउने सम्भवाना बढेको कांग्रेसका एक नेताले बताए । उपराष्ट्रपति भने जसपाले पाउने नेता श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप