आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेटफ्लिक्सले ३० देशमा घटायो आफ्नो सदस्यता शुल्क

शुक्रबार, १२ फागुन २०७९, १४ : २०
शुक्रबार, १२ फागुन २०७९

भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले ३० भन्दा बढी देशहरूमा आफ्नो सदस्यता शुल्क घटाएको छ । मूल्य घटाउने देशमा मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, फिलिपिन्स, क्रोएसिया, भेनेजुएला, केन्या र इरान पर्छन् ।

बढ्दो मुद्रास्फीति र बजारमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेटफ्लिक्सले यस्तो निर्णय गरेको हो । कम्पनीका प्रवक्ताले बीबीसीलाई भने, ‘मनोरञ्जनका लागि आज मानिसहरूसँग जति विकल्प छ, त्यो कहिल्यै थिएन ।’

उनले भने, ‘हामी सदस्यता लिने सदस्यहरूको अनुभव सुधार गर्ने तरिकाहरू र अवसरहरू खोज्न जारी राख्छौँ । केही देशमा हामीले मूल्य घटाइरहेको कुरा हामी पुष्टि गर्छौँ ।’

नेटफ्लिक्स १९० देशहरूमा सञ्चालन हुन्छ र बजारमा एमेजन, एचबिओ एन्ट डिज्नी, सोनीजस्ता स्ट्रिमिङ प्लेटफर्म यसको ठूला प्रतिद्वन्द्वी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप