आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताको बैठक सुरु

शुक्रबार, १२ फागुन २०७९, १७ : ३८
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । तत्कालीन पुरानो गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको छ । राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न पुरानो गठबन्धनका शीर्ष नेताको छलफल भइरहेको छ । 

प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् । बिहान पुराना दलका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पावर सेयरिङका विषयमा छलफल गरेका थिए । अहिले पुनः बैठक बसेर फाइनल निर्णय गर्ने दाबी गरेका छन् । बैठकमा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदुराम भुसाल सहभागी छन् । अध्यक्ष नेपाल बालुवाटार जाँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप