आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रपतिको उम्मेदवार टुङ्ग्याउन बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठक (तस्बिरहरू)
राजनीति

राष्ट्रपतिको उम्मेदवार टुङ्ग्याउन बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठक (तस्बिरहरू)

शनिबार, १३ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । 

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया