सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलका सात प्रफुल्ल तस्बिर

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलका सात प्रफुल्ल तस्बिर

शनिबार, १३ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

यसअघि बैठकमा सभापति शेरबहादुर देउवाले पौडेलको नाम प्रस्ताव गरेका थिए । पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे पौडेलले उम्मेदवारी दर्ता गराउने तयारी भएको छ। 

हेरौँ सानेपामा लिइएको राष्ट्रपतिका उम्मेदवार पौडेलका सात प्रफुल्ल तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया