सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्

शनिबार, १३ फागुन २०७९

काठमाडौँ । कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।  उनले शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।  राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् । 

यस्तै  समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् ।  पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। उम्मेदवारी दर्ता गर्न जाँदाका तस्बिरहरु हेर्नुहोस् ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया