आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद बिक्री गर्ने

आइतबार, १४ फागुन २०७९, ११ : २६
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । छ्याङ्दी हाइड्रोपावरले आफ्ना लगानीकर्ताहरुर्ला १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ः१.५ अनुपातको दरमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो ।
यसअघि, कम्पनीको ९२औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । यो निर्णय रद्द गर्दै चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सञ्चालक समितिले गरेको हो ।

छ्याङ्दी हाइड्रोपावरले लमजङुमा दुईवटा जलविद्युत आयोजना सञ्चालन गर्दै आइरहेको छ । कम्पनीले २ मेगावाट क्षमताको छ्याङ्दी खोला हाइड्रोपावर र माथिल्लो छ्याङ्दी खोला आयोजनाबाट ४ मेगावाट जलविद्युत उत्पादन गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप