आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ऋणमा हेलिकप्टर चार्टर नगर्न मन्त्री किरातीको अनुरोध

सोमबार, १५ फागुन २०७९, ०७ : ५७
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । पर्यटनमन्त्री सुदन किरातीले अति आवश्यक कामबाहेक हेलिकप्टर चार्टर नगर्न अनुरोध गरेका छन् ।घाँटी हेरेर हाड निल्नुपर्ने बताउँदै मन्त्री किरातीले सामाजिक विलासिता अन्त्य गर्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा मन्त्री किरातीले लेखेका छन्, ‘राष्ट्रिय विपत् र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने नीति लिएका छौँ । देशको विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म  हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा  गाएका छैनौँ । त्यसको लागी तपाईंहरूसँग क्षमा चाहन्छु । ऋणमा  हेलिकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईंको गाउँमा आउँदैमा तपाईंको खोला खोल्सीहरूमा दूध बग्दैन माटोमा सुन फल्दैन । घाँटी हेरेर हाड निलौँ सामाजिक देखासिख र विलासिता अन्त्य गरौँ ।  धन्यवाद ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप