आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संवाद नै श्रम सम्बन्ध सुधारको उपयुक्त विकल्प : उपाध्यक्ष संघई

सोमबार, १५ फागुन २०७९, ०८ : २४
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले श्रम सम्बन्ध सुधारको लागि सामाजिक संवाद निकै महत्त्वपूर्ण हुने बताएका छन्  । आइतबार काठमाडौँमा महासंघ रोजगारदाता परिषद्को बैठक तथा अन्तरक्रिया कार्यक्रममा संघाईले श्रम सम्बन्धी कुनै पनि विवादको शान्तिपूर्ण र वार्ताको माध्यमबाट समाधान खोज्नु पर्नेमा जोड दिँदै समस्या समाधानको भरपर्दो तथा उपयुक्त विधि यही नै भएको उल्लेख गरेका हुन् ।

महासंघ रोजगार परिषद्को सभापति समेत रहेका संघईले कार्यक्रममा ट्रेड युनियन र सरकारसँग निरन्तर सम्पर्कमा रही बन्द हडतालमा जाने स्थितिको अन्त्य गरिएको समेत उल्लेख गरे । तुलनात्मक रूपमा श्रम विवादको सङ्ख्यामा कमी आए पनि श्रम सम्बन्ध भरपर्दो हुन भने नसकेको संघइले स्वीकार गरे । प्रतिष्ठान स्तरमा स–साना कुरालाई लिएर विवाद सिर्जन गर्ने, अचानक गैरकानूनी रूपमा काम बन्द गर्ने, जबरजस्ती गर्ने प्रवृत्ति अझै पनि कायमै रहेको संघाइको भनाई थियो ।

आन्तरिक एवं बाह्य दुवै कारणले श्रम सम्बन्धमा नयाँ चूनौती थपिएको उल्लेख गर्दै संघइले सामाजिक दायित्व वहन गर्दै व्यवसायलाई निरन्तरता दिनु पर्ने बाध्यतामा उद्योगी व्यवसायी रहेको बताए ।

श्रम र उद्योग सम्बन्धी नीति निर्धारण गर्दा श्रम सम्बन्ध सुधार एवं श्रम विवाद न्यूनीकरणमा सघाउ पुग्ने तर्फ ध्यान दिन सरकारलाई आग्रह गर्दै संघईले उद्योगी व्यवसायी तथा श्रमिक दुवैको हित र स्वाभिमान कायम हुनेगरी बन्ने यस्ता नीति नियमहरूले लगानीको वातावरण तयार गर्न र उत्पादन वृद्धिमा सघाउ पुर्‍याउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप