आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमित र सलिनाको नयाँ गीत ‘बेग्लै’ सार्वजनिक

सोमबार, १५ फागुन २०७९, १३ : ४५
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । गायक अमित बराल र सलिना बिकको स्वर रहेको नयाँ गीत ‘बेग्लै’ सार्वजनिक भएको छ । उज्वल सागरको शब्द तथा संगीत रहेको गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् ।
गीतको आकर्षक भिडियो समेत बनेको छ । भिडियोमा सुशिला चौधरी, विकाश चौधरी, सम्रान्त थापा, सुरज तमु, मिलन खड्का, रामप्रसाद घिमिरे, कविता घिमिरे, सुविका घिमिरे, बिदुर घिमिरे लगायतको अभिनय रहेको छ ।

केर कोइन्च लिनचको निर्देशन रहेको भिडियोमा योगेश दाहालको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । भिडियोले एउटा परिवारको प्रेमकथा देखाउन खोजेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप