आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनको संशोधित विधान परराष्ट्र मन्त्रालयद्वारा प्रमाणीकरण

सोमबार, १५ फागुन २०७९, १४ : ३०
सोमबार, १५ फागुन २०७९

काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएन) को संशोधित विधानलाई परराष्ट्र मन्त्रालयले प्रमाणीकरण गरेको छ । 

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीका अनुसार मन्त्रालयको गत शुक्रवार बसेको मन्त्रीस्तरीय निर्णयबाट सो विधान स्वीकृत गरिएको हो । 

संघको गत अक्टोवर दोस्रो सातामा सम्पन्न संघको वार्षिक अधिवेशनले सो विधानलाई सर्वसम्मतले संशोधन गरेको थियो । 

संघका अनुसार संशोधित विधान मन्त्रालयले प्रमाणीकरण गरे पछि स्वतः लागू भएको छ । 

संशोधित विधानमा  एमआईएस प्रणाली र फेसभेरिफिकेशन अनिवार्य, महाधिवेशन प्रतिनिधि संख्या लगायतका विषयहरु समावेश गरिएको विधान समितिका संयोजक डा हेमराज शर्माले जानकारी दिए ।  

मन्त्रालयले संशोधित विधानलाई स्वीकृति दिएपछि आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनको लागि आवश्यक निर्वाचनका सबै प्रकृयाहरु अघि बढ्ने संघका समाचार संयोजक चिरन शर्माको भनाइ छ ।

328642131_909466680097878_1673300519859762329_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप