आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झलनाथ भेट्न डल्लु पुगे चित्रबहादुर केसी

सोमबार, १५ फागुन २०७९, १४ : ५३
सोमबार, १५ फागुन २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच भेटवार्ता भएको छ । 

सोमबार अध्यक्ष केसी नेता खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका हुन् । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ । 

फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप