आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पीएनजीद्धारा नेपाललाई २०४ रनको लक्ष्य

सोमबार, १५ फागुन २०७९, १५ : ३६
सोमबार, १५ फागुन २०७९

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनी(पीएनजी)ले नेपाललाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको हो ।

पीएनजीका लागि काड सोपारले अविजित ३६ रन बनाए । त्यस्तै कप्तान असद भाला ३६ रन बनाउँदा सेसे बाउ पनि ३१ रनमा आउट भए ।

पीएनजीका किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाए ।

नेपालका लागि गुलशन झाले तीन विकेट लिए । त्यस्तै कुशल मल्लले २ विकेट लिँदा करण केसी,सोमपाल कामी,प्रतिश जी.सीको नाममा समान एक÷एक विकेट रह्यो  ।

आजको खेलमा नेपाल जित निकाल्ने योजनामा छ । नेपालले आजको खेल जितेमा एकदिवसीय मान्यता जोगाउने कुरामा अझै सहज हुनेछ ।

नेपालले दोस्रो खेल मार्च २ मा घरेलु टोलीसँग खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप