आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

सन्दीप लामिछानेको मुद्दामा आदेश आउनुअघि न्यायाधीशले बोलाए वकिल

सोमबार, १५ फागुन २०७९, १७ : २३
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । सन्दीप लामिछानेको मुद्दामा आदेश सुनाउनुअघि न्यायाधीशले सन्दीपका वकिललाई बोलाएका छन् । न्यायाधीशद्व सपना प्रधान मल्ल र कुमार चुडालले सन्दीपका वकिल सरोजकृष्ण घिमिरेलाई बोलाएका हुन् । न्यायाधीशहरुले सन्दीप अदालतमा आए–नआएको लगायतका बारेमा वकिललाई सोधेको बताइएको छ । 
सर्वोच्चमा दिउँसै सन्दीपको मुद्दामा सुनुवाइ सकिएपनि आदेश आएको छैन । आदेश आजै आउने बताइएको छ । 

बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।   यस्तै सर्वोच्चमा सन्दीपले दायर गरेको मुद्दासँगै सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो  । गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप