आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चको आदेशमा के छ ?  भिडियोमा हेर्नुहोस्

सोमबार, १५ फागुन २०७९, १८ : ०१
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि विदेश जान अनुमति दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।  आदेशसँगै सन्दीपलाई राहत मिलेको छ । साथसाथै अदालतले फास्ट ट्याकमा मुद्दाको किनारा लगाउन पनि जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ । 

एक किशोरी बलात्कारको आरोपमा लामिछाने अदालती प्रक्रियामा छन् । सो प्रक्रियामा पक्राउ परेका उनी यसअघि उच्च अदालत पाटनको आदेशमा २० लाख धरौटी बुझाएर रिहा भएका थिए । सो विरुद्ध पीडितको तर्फबाट सर्वोच्चमा मुद्दा दायर भएपनि सर्वोच्चले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश मिलेको ठहर गरेको छ । तर, यात्रा प्रतिबन्धसम्बन्धी विषयको आदेश भने नमिलेको भन्दै सर्वोच्चले विदेश जान अनुमति दिएको हो ।

भिडियोमा हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप