आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

पीएनजीमाथि नेपालको सहज जित

सोमबार, १५ फागुन २०७९, १८ : ४७
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । 

सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाउँदै २०७ रन बनायो । 

नेपालका लागि कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय पारी खेले । ६९ बल खेलेका उनले ५ चौका प्रहार गरे । 

त्यस्तै आरिफ शेखले रन बनाउँदा आसिफ शेखले ४४ रनको योगदान गरे । नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले २० रन बनाउँदा दिपेन्द्र सिंह ऐरी १७ र कुशल मल्लले १२ रन बनाए ।  

बलिङतर्फ पीएनजीका लागि असाड भालले तीन विकेट लिए । त्यस्तै नोरमान भानुवा र सेसे बाउले एक–एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको हो ।

पीएनजीका लागि काड सोपारले अविजित ३६ रन बनाए । त्यस्तै कप्तान असद भाला ३६ रन बनाउँदा सेसे बाउ पनि ३१ रनमा आउट भए ।

पीएनजीका किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाए ।

नेपालका लागि गुलशन झाले तीन विकेट लिए । त्यस्तै कुशल मल्लले २ विकेट लिँदा करण केसी,सोमपाल कामी,प्रतिश जी.सीको नाममा समान एक÷एक विकेट रह्यो  ।

जितसँगै नेपालले २९ खेलमा २८ अंक जोडेको छ । यो जितले नेपालको एकदिवसीय मान्यता जोगाउन झनै सहज हुनेछ । अब नेपालले एकदिवसीय मान्यता जोगाउन चार खेल जित्नु पर्नेछ भने विश्वकप छनोटमा पुग्न ६ खेल जित्नु पर्नेछ । 

पराजित पीएनजीको २९ खेलबाट ५ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप