आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नुवाकोटमा ग्याँस सिलिन्डर पड्किँदा आगलागी

मङ्गलबार, १६ फागुन २०७९, ०७ : २१
मङ्गलबार, १६ फागुन २०७९

नुवाकोट । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका– ८ पाँचखालमा ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको छ ।

बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काका अनुसार आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन ।

ढुङ्गा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर पूर्णरुपमा जलेको छ । विदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप