आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डलाई थप ८ मन्त्रालयको कार्यभार

मङ्गलबार, १६ फागुन २०७९, १४ : १६
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप ८ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सोमबार एमालेका मन्त्री फिर्ता भएपछि उनीहरुले सम्हालेका ८ वटा मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री प्रचण्डको काँधमा आएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपालको संविधानले गरेको व्यवस्था अनुसार थप मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीलाई तोकेकी हुन् । एमालेले अर्थ, कृषि तथा पुशपंक्षी,उद्योग बाणिज्य तथा आपुर्ति, भूमि व्यवस्था तथा सहकारी, परराष्ट्र, स्वास्थ्य, महिला बालबालिका र रक्षा मन्त्रालय पाएको थियो । 

यसअघि राप्रपा र राप्रपा समेत सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डसँग अहिले १६ मन्त्रालय छन् ।

334218486_190888323585121_1227790545826281747_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप