तालिबान सेनाको कारबाहीमा इस्लामिक स्टेट्सका कमाण्डर मारिए
काबुल । अफगानिस्तानको राजधानीमा कूटनीतिक नियोगहरूविरुद्ध हमला गर्ने योजना बनाएको कथित इस्लामिक स्टेट्स कमाण्डरलाई तालिबान सेनाले मारेको एक सरकारी अधिकारीले बताएका छन् । अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा हिंसा नाटकीय रूपमा घटेको छ ।
तालिबान सेनाले आइएसका क्षेत्रीय गुप्तचर तथा सञ्चालन प्रमुख कारी फतेहलाई आइतबार राति गरेको एक कारबाहीको क्रममा मारिएका तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक विज्ञप्तिमा भनेका छन् ।
“काबुलमा कूटनीतिक नियोगहरू, मस्जिदहरू र अन्य लक्ष्यहरू विरुद्धको हालैका कारबाहीहरू प्रत्यक्ष रूपमा मास्टरमाइन्ड गरेका थिए’, मुजाहिदले विज्ञप्तिमा थप जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ,'काबुलको खैर खाना क्षेत्रमा रहेको अर्को एक कारबाहीमा एक अन्य आईएस सदस्य मारिएका छन् ।' उक्त छिमेकका बासिन्दाहरूले आइतबार राति ठूलो आवाजमा गोली चलेको जानकारी दिएका थिए । (रासस/एएफपी)