आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोलरक्षक सिल्भा मैदान बाहिरिनु पर्दा चेल्सीमाथि दबाब

मङ्गलबार, १६ फागुन २०७९, २१ : १३
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । टोटनहमसँगको खेलका क्रममा घाइते भएका चेल्सीका रक्षक थियागो सिल्भा कम्तीमा पनि एक महिनाभन्दा बढी मैदान बाहिर रहने भएका छन् ।

आइतबार इङ्लिस प्रिमियर लिग अन्तरगत टोनहमसँगको खेलमा घुँडाको चोटका कारण २० मिनेट मै मैदानबाट बाहिरिएका सिल्भाले एक महिनाभन्दा बढी आरम गर्नुपर्ने भएको हो ।

‘आइतबार टोटनहमविरुद्ध पहिलो हाफमा घुँडाको चोटका कारण थियागोले सोमबार क्लबको प्रशिक्षणमा खुट्टाको जाँच र स्क्यान गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘स्क्यानको नतिजाका आधारमा थियागोको लिगामेन्टमा समस्या छ । सिल्भा निको नहुन्जेलसम्म मेडिकल टिमको निरीक्षणमा रहने छन् । आशा छ उनी चाँडै नै मैदानमा फर्किनेछन् ।’

सन् २०२० मा फ्रेन्च क्लब  पेरिसेन्ट जर्मन (पिएसजी) बाट चेल्सी पुगेका ब्राजिलियन सिल्भाले इङ्लिस क्लबबाट एक सय नौ खेल खेलेका छन् । खराब खेलिरहेको चेल्सी माथि गोलरक्षक सिल्भा पनि एक महिना बाहिर रहनु पर्दा थप दबाब बढेको सञ्चारमाध्यमले जनाएका छन् ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप