आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीप र अर्जनु ‘दी हन्ड्रेड’को ड्राफ्टमा

बुधबार, १७ फागुन २०७९, ०९ : २१
बुधबार, १७ फागुन २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र अर्जुन साउद ‘दी हन्ड्रेड’ क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । नेपालबाट दी हन्ड्रेडको दुई खेलाडी मात्र परेका हुन् । दी हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दीप र अर्जुन समेटिएका छन् । 

सन्दीप र अर्जुन विदेशी कोटाको ड्राफ्टमा परेका हुन् । ड्राफ्टमा सन्दीप र अर्जुनसहित ३ सय ६८ खेलाडी छन् । पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप