आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वका ७ देशबाट आउँछ नेपालमा चुइगम, बाहिरियो ३७ करोड

नेपालबाट १० लाखको निर्यात
बुधबार, १७ फागुन २०७९, १३ : ३८
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालले विदेशबाट ३७ करोड ८ लाख ७२ हजार रुपैयाँको चुइगम आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८९/८० को ७ महिनाको अवधिमा उक्त मूल्यको चुइगम आयात भएको हो । यस अवधिमा ११ लाख ३५ हजार ९२९ किलोग्राम चुइगम आयात भएको छ भने चुइगम आयात बापत राज्यले २९ करोड ८२ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । तथ्यांकअनुसार नेपालमा विश्वका ७ देशबाट चुइगम आयात हुने गरेको छ ।

सबैभन्दा धेरै भारतबाट ३६ करोड १३ लाख रुपैयाँको चुइगम आयात भएको छ । यसपछि टर्कीबाट ४१ लाख ६४ हजार रुपैयाँको चुइगम भित्रिएको छ भने अमेरिकाबाट ३७ लाख ६५ हजारको चुइगम भित्रिएको पाइएको छ । यस्तै, चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा १० लाख ९२ हजार रुपैयाँको चुइगम निर्यात भएको छ । यस अवधिमा १३ लाख ९७ हजार किलोग्राम चुइगम निर्यात भएको हो । नेपालबाट निर्यात भएको सबै चुइगम भारततर्फ निर्यात भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप