आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाइगर–३ को सुटिङको भिडियो लिक, देखिए इमरान

बुधबार, १७ फागुन २०७९, १३ : ५१
बुधबार, १७ फागुन २०७९

मुम्बई । केही समयअघि सनी देओलको फिल्म गदर–२ को सुटिङको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । अहिले सलमान खान र कट्रिना कैफको आगामी फिल्म टाइगर–३ को सुटिङ सेटबाट एक भिडियो लिक भएको छ । यस भिडियोबाट फ्यानहरुको उत्साह थपिएको छ ।

यो भिडियोमा सलमान खान नभई फिल्म टाइगर–३ मा उनको कोस्टार इमरान हाश्मी देखिएका छन् । भिडियोमा सेटको वरिपरि धुवाँ देखिन्छ, जसले फ्यानहरूलाई यो एक एक्सन दृश्य हो भनेर अनुमान लगाइरहेका छन्। जहाँ इमरान कालो टिसर्ट र जिन्समा देखिएका थिए । इमरान टाइगर–३ मा भिलेनको भूमिकामा देखिनेछन् ।

टाइगर ३ मा सलमान खानको फरक लुक देखिनेछ । भाइजानको लुक यसअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप