आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

आईसीसी विश्वकप लिग–२ खेल्न सन्दीप लामिछाने युएई जाने

बुधबार, १७ फागुन २०७९, १६ : ०६
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत  त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न सन्दीप लामिछाने युएई जाने भएका छन् । 

दुबईमा जारी लिग–२ खेल्न लामिछाने जान लागेका हुन् ।  सर्वोच्च अदालतले विदेश जान पाउने गरी आदेश दिएसँगै उनलाई युएई जाने बाटो खुलेको हो । 

हाल युएईमा रहेका नेपाली टोलीका खेलाडी  श्याम (मौसम) ढकाल नेट अभ्यासका क्रममा घाइते भएपछि उनको स्थानमा लामिछाने टोलीमा सामेल हुने भएका हुन् । 

२८ फेब्रुअरी २०२३ मा नेट अभ्यास सत्रमा ब्याटिङ गर्ने क्रममा मौसमको काँधमा चोट लागेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप