आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु

बुधबार, १७ फागुन २०७९, २० : ५१
बुधबार, १७ फागुन २०७९

बारा । हात्तीको आक्रमणबाट बाराको टांगियाबस्तीमा एक जनाको मृत्यु भएको छ । बुधबार जीतपुरसिमरा उपमहानगरपालिका १६ का ४५ वर्षीया जापाङ दर्लामी मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

मगरलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको उपमहानगर ६ का वडाध्यक्ष हरिदेव खरेलले जनाएका छन् । केही दिनदेखि सो क्षेत्रमा हात्ती पसेर आतंक मच्चाउन थालेको  वडाध्यक्ष खरेलले बताए । 

यसअघि पनि हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप