यस्तो देखियो केपी ओली कप, तस्बिरमा हेर्नुस्
बुधबार, १७ फागुन २०७९, २१ : २८
काठमाडौँ । केपी ओली कपको राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । बुधबार दशरथ रंगशालामा भएको फाइनल खेलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता जनाएका थिए । फाइनल खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी भएका थिए ।