आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमिताभ–धर्मेन्द्रको घरलाई बमले उडाइदिने धम्की, मुम्बई प्रहरीले बढायो सेलिब्रिटीको घरको सुरक्षा

बिहीबार, १८ फागुन २०७९, १० : ३३
बिहीबार, १८ फागुन २०७९

बलिउड अभिनेता अमिताभ बच्चन, धर्मेन्द्र र व्यापारी मुकेश अम्बानीको घरलाई बमले उडाइदिने धम्की पाएको छ । नागापुर पुलिस कन्ट्रोल रुममा आइतबार एक अपरिचित व्यक्तिले फोन गरे र तीन सेलिब्रिटीको घरलाई बमले उडाइदिने धम्की दिए । ती व्यक्तिले मुम्बईको दादरमा हतियारले सुसज्जित २५ जना आइसकेको र उनीहरुले आतङ्ककारी घटना गराउने दाबी फोनमार्फत गरे । 

टाइम्स अफ इन्डियासँगको कुराकानीमा मुम्बई प्रहरीले फोन आउने बित्तिकै आफूहरूले बम स्क्वाड टिमलाई यी सेलिब्रिटीको घरको अनुसन्धानका लागि पठाएको जानकारी दिए । यद्यपि, अनुसन्धानको क्रममा केही पनि नभेटिएको उनले बताए । 

यसैबीच मुम्बई प्रहरीले अमिताभ र धर्मेन्द्रको घरको सुरक्षा बढाइदिएको छ । 

फोन गर्ने व्यक्तिको खोजीमा जुट्यो मुम्बई प्रहरी

फोन आएपछि नै नागपुर पुलिस कन्ट्रोल रुमले मुम्बई पुलिसलाई हाई अलर्ट मेसेज पठाएको छ । मुम्बई प्रहरीले तत्काल तीन व्यक्तित्वहरूको घरको अनुसन्धान गरे जसमा बम जस्ता कुनै सन्दिग्ध सामान भेटिएन । प्रहरीले फोन गर्नेहरूको अनुसन्धानमा जुटेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप