आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन्दीपले दिलाए नेपाललाई चौथो सफलता

बिहीबार, १८ फागुन २०७९, १४ : १५
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत यूएईविरुद्धको खेलमा चौथो सफलता हात पारेको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएका हुन् । 

सन्दीपले ३६ औं ओभरको तेस्रो बलमा आसिफ खानलाई ७२ रनमा क्याच आउट गराएका हुन् । 

यसअघि नेपालका लागि कुशल मल्लले २५ औं ओभरको चौथो बलमा चुन्दगापोयल रिजवानलाई २४ रनमा क्याच आउट गराए थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप