आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टीका सबै मत पौडेलको पक्षमा दिन्छौं : माधव नेपाल

बिहीबार, १८ फागुन २०७९, १५ : ३४
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको सबै मत आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा पर्ने विश्वास दिलाएका छन् । 

बिहीबार आठ दलका संघीय सांसदहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा यस्तो विश्वास दिलाएका हुन् । 

काठमाडौँमा भएको प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘प्रस्तावक म आफै भएकाले पनि उहाँको विजयको शुभकामनासहित आफ्नो पार्टीको सबै मत उहाँको पक्षमा खसाल्ने विश्वास दिलाएँ ।’

त्यसक्रममा अध्यक्ष नेपालले अहिलेसम्मका राष्ट्रपतिहरू संविधानको मर्म अनुसार नचलेको स्मरण गराएको बताए । 

‘अहिलेसम्म प्राप्त अनुभवहरूलाई ध्यानमा राखेर विगतमा केके त्रुटिहरू हुन गए रु के के राम्रा कुरा भए ? त्यसलाई समेत ध्यानमा राखेर अव निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर जिम्मेवारी वहन गर्नुहुनेछ भन्ने कुरामा मैले ध्यानाकर्षण गराएँ’, नेपालको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप