आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित छ : प्रदीप पौडेल

बिहीबार, १८ फागुन २०७९, १६ : ०३
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली ८ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन् । 

बिहीबार काठमाडौँमा भएको ८ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।   

उनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा मत माग्नका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गरे । उनले अभिमुखीकरण कार्यक्रममा ८ दलका शीर्ष नेताहरूले आफ्ना सांसदहरूलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उल्लेख गरे ।   

उम्मेदवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ण राख्दै संविधानको संरक्षकका रूपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताए ।  

सांसद पौडेलले  राष्ट्रपति पद देशको अभिभावकको रूपमा र संविधानको संरक्षकको रूपमा राष्ट्रपति रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्नु नहुने बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप