आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा उपरथी शाही सेवाबाट बर्खास्त

बिहीबार, १८ फागुन २०७९, १९ : १३
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । नेपाली सेनाले उपरथी प्रेमप्रकाश शाहीलाई सेवाबाट हटाउने निर्णय गरेको छ । रातोपाटीसँग कुराकानी गर्दै सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले आर्थिक अनियमितता गरेकोमा दोषी पाइएपछि शाहीलाई हटाउने निर्णय गरेको जानकारी दिए ।

आर्थिक अनुशासनको विषयमा कोर्ट अफ इन्क्वायरीको सिफारिस अनुसार शाहीको मुद्दा सैनिक अदालतमा पठाइएको थियो । उपरथी ताराध्वज पाण्डे अध्यक्षतामा गठन भएको कोर्ट मार्सलले कोर्ट अफ इन्क्वायरीले पेस गरेको प्रमाणको आधारमा सेवाबाट हटाउने निर्णय गरेको भण्डारीको भनाई छ ।

यस्तै शाहीसँग थप दुई सैनिक अधिकारीहरूलाई पनि सैनिक ऐनअनुसार आन्तरिक कारबाही गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप