आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सभापति देउवाद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई

बिहीबार, १८ फागुन २०७९, २१ : ५९
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाइ दिएका छन् । सभापति देउवालेले आज सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

उनले भनेका छन्, “श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई तथा शुभकामना ।” दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएको हो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप