आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिरामी आमालाई भेट्न गएका थिए नवाजुद्दिन सिद्दिकी, तर भाइले अनुमति दिएनन्

शुक्रबार, १९ फागुन २०७९, ११ : ५५
शुक्रबार, १९ फागुन २०७९

बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीलाई पछिल्लो समय तनाव छ । श्रीमती आलियासँगको विवाद हाल चरममा पुगेको छ । यस्तै उनका भाइसँग उनको झगडाले पनि अर्कै मोड लिइसकेको छ । अघिल्लो रात नवाजुद्दिन सिद्दिकी आफ्नी आमालाई भेट्न वर्सोवास्थित घरमा पुगेका थिए तर उनका भाइले उनलाई आमासँग भेट्न रोक लगाइयो ।

नवाजुद्दिनलाई आमासँग भेट्न रोक लगाइयो

नवाजुद्दिन सिद्दिकी आफ्नी आमालाई भेट्न चाहन्थे तर उनका भाइ र उनकी आमाको हेरविचार गरिरहेका व्यक्तिले उनलाई भेट्न दिएनन् । भारतीय सञ्चार माध्यमका अनुसार अभिनेताकी आमा अस्वस्थ छिन् । उनी कसैलाई भेट्न चाहन्नन् । यसै कारण नवाजलाई आफ्नी आमासँग भेट्न रोक लगाइएको थियो । रिपोर्टका अनुसार नवाजुद्दिन सिद्दिकी देहरादूनबाट शनिवार मात्रै फिर्ता हुने तयारीमा थिए । तर आमा बिरामी भएको खबर पाएपछि उनी छिट्टै फर्किएका थिए । नवाज वर्सोवास्थित आफ्नो घर जाँदा उनका भाइले उनलाई भित्र जानै दिएनन्, त्यसपछि उनी फर्किए ।

भाइले यस्तो भने

केही दिन अघि नवाजुद्दिन सिद्दिकीका भाइले एक अन्तरवार्तामा उनीबारे कुरा गरेका थिए । उनले भनेका थिए, ‘अभिनेताले मानिसलाई छोडिदिन्छन् ।’ साथै उनले नवाजले आफ्ना कुनै पनि भाइको करियर बनाउन सहयोग नगरेको बताएका थिए । उनी भन्छन्, ‘मैले धेरै टिभीमा काम गरेको छु । केही शाे निर्देशन पनि गरेको छु । नवाजले त्यसपछि मलाई आफूसँग काम गर्न भने । उनले आफ्नैसँग काम गर्न चाहेको बताए । सन् २०१९ मा मेरो फिल्म बोले चुडिया रिलिज हुँदै थियो । साँच्चै भन्ने हो भने म नवाजलाई त्यो फिल्ममा राख्न चाहँदैनथे ।’

उनले भने, ‘पछि नवाजले फिल्ममा काम गर्दिनँ, मलाई पैसा देऊ भनेर निर्मातालाई भने । यसै कारण फिल्म रोकिएको थियो । पछि अभिनेताको कुरा मानियो । उनले देखाउन चाहन्थे ‘म सबै कुरा हुँ’ ।’

नवाजुद्दिन सिद्दिकीका भाइले थपे, ‘उनीभन्दा राम्रो अभिनेता कोही छैनन् । उनले हाम्रो ख्याल राख्छन् तर उनले कुनै पनि भाइको करियर बनाउन सहयोग गरेनन् । उनले हाम्रो लागि सम्पत्ति खरिद गर्छन् तर उनको जस्तो छवि छ, उनी त्योभन्दा बिलकुल फरक छन् । उनी मुस्किल खालका छन् । उनले मानिसलाई छोडिदिन्छन् – आलिया र म यो कुराको उदाहरण हौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप